यात्रा र व्यापार

छुट्टी मनाउन नेपाल आउनुस्, प्राकृतिक आनन्द लिनुस् – मन्त्री भट्टराई

क्यानडा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई विदेशमा रहनुभएका नेपाली तथा विदेशी मुलुकका नागरिकले अब जो कोही छुट्टी मनाउन बाहिर जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिनको लागि अन्य मुलुकका नागरिकलाई आग्रह गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले स्वदेशीरविदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडाको मोन्ट्रियल आउनुभएका भट्टराईले शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गर्नुभयो ।

नेपाल वायुसेवा निगमलगायत केही नयाँ एयरलायन्सहरु अहिले घाटामा गइरहेको अवस्थामा आफू विदेश घुम्दा पनि मन शान्त नभएको उहाँको कथन थियो । उहाँले भन्नुभयो, “तर यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागिपरिरहेको छ ।”

क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल क्यानडाका पर्यटक विच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागि परेको बताउनुभयो ।

यस्तै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्व महासचिव सुमन लम्साल लगायतले नेपालका जुनसुकै ठाउँ पनि घुम्नयोग्य रहेकाले त्यस्ता ठाउँहरुको प्रचारप्रसार गरी पर्यटकको शान्ति-सुरक्षाप्रति पनि ध्यान दिन आग्रह गरेका थिए । स्रोत : पाथिभरा डेली

Leave a Comment