संघ अपडेट

नेपाल भ्रमण वर्ष २०२० र नेपाल टेलिभिजनबीच सम्झौता

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसारलाई तिब्रता दिन सुरु गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाल भ्रमण वर्ष सचिवालय र नेपाल टेलिभिजनबीच सम्झौता भएको छ । सम्झौता २०७६ अशोज १६ गतेदेखि २०७७ असार मसान्तसम्म रहने छ । सम्झौताको २७८ दिन नेपाल भ्रमण वर्ष २०२० को टेलिसन्देश नेपाल टेलिभिजनको प्रत्यक समाचार तथा चर्चित कार्यक्रम अगाडि प्रसारण हुने छ । सम्झौताअनुसार समाचारअगाडिको ३० सेकेण्ड दैनिक २० पटक तथा मेरी बास्सै, मुन्द्रेको कमेडि क्लब, भद्रगोल, डेस्टिनेशन नेपाल लगायतको कार्यक्रममा ४५ सेकेण्डको टेलिसन्देश प्रसारण गर्ने सहमति भएको नेपाल भ्रमण वर्ष २०२० सचिवालयले जनाएको छ ।

Leave a Comment