प्रदेश

दमकमा औधोगिक क्षेत्रपछि ६४ अर्बको पार्क निर्माण हुने

काठमाडौं । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीअनुसार ६४ अर्ब लगानीमा पार्क बन्नेछ । पार्कको नाम ‘चाईननेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे काम थालिसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि उनले स्पष्ट पारे ।अनलाईनखबरबाट

Leave a Comment