आतिथ्यता

काठमाडौंमा सीको रात्रीभोज : लुक्लाको सिमीसँग साँधेको भटमास

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ ।

राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको छ ।

मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइएको छ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइयो । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किएको छ ।

मेन्यू अनुसार अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिएको छ । अनलाईनखबरबाट

Leave a Comment