पर्यटन

दक्षिण कोरियामा पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसार गर्न सुरु

  •  
  •  
  •  
  •  
  •  

दक्षिण कोरिया । दक्षिण कोरियास्थित नेपाली राजदूताबास र त्यहाँस्थित चेम्बर अफ कमर्श एन्ड इन्डष्ट्रि तथा कोरिया टुर एन्ड ट्रेकिङ अपरेटर्स एसोसिएशन अफ नेपालवीच ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको प्रचारप्रसार गर्न सुरुवात गरिएको छ ।

१६ अक्टोबरमा आयोजित कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैधले भिजिट नेपालको उद्देश्य र अभियानका’boutमा छोटकरीमा ब्याख्या गर्नु भएको थियो । ‘नेपाल भ्रमण वर्षमा पर्यटकले अधिकतम् पर्यटकीय मनोरञ्जन लिन पाउन सकुन’, बैधले भन्नुभयो, ‘पर्यटक भित्र्याउनु मात्रै उद्देश्य नभएर उहाँहरुलाई साहसिक गतिविधिको अनुभव दिनेछौ।’

उहाँले भन्नुभयो, ‘पर्यटकले नयाँनयाँ पर्यटकीय गन्तब्यका साथै एडभेन्चर क्रियाक्लापहरुमा पनि सहभागिता जनाउन पाउनेछन् । नेपालमा पर्यटन भित्र्याउनु महत्वपूर्ण किन पनि छ भने यसले देशमा मेरुदण्डको भूमिका खेल्नेछ ।’
त्यसैगरी, दक्षिण कोरियास्थित डेमोक्रेटिक पार्टीका संसद तथा कोरिया–नेपाल पार्लियमेन्टरी फ्रेण्डशिप कमिटिका अध्यक्ष ओह योङ हुनले नेपाल भ्रमण वर्षमा विदेशीहरुलाई नेपाल घुम्न आकर्षित गर्न सक्यो भने आर्थिक सहयोगका साथै वैदेशिक लगानीकर्ता पनि भित्र्याउन सक्ने बताउनुभयो । उहाँले शुभकामना दिदै भन्नुभयो, ‘आर्थिक समृद्धिकालागि नेपाल भ्रमण वर्षले दुई देशबीचको सम्वन्धलाई अझै सुदृढ पार्न सकोस ।’

त्यसैगरी दक्षिण कोरियास्थित नेपाली राजदूत रामसिंह थापाले कोरियन नागरिकलाई नेपाल भ्रमण गर्न निम्ता दिनुभएको थियो । कोरिया टुर एन्ड ट्रेकिङ अपरेटर एसोसिएशनका अध्यक्ष अमर शाहीले कोरियन नागरिकहरुलाई नेपाल घुम्न पठाउन आफुहरुले अधिकतम् प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Leave a Comment