कला र संस्कृति

आध्यात्मिक पर्यटन प्रवर्धनमा जुट्दै भ्रमण वर्ष सचिबालय

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउदैछ । पर्यटकीय दृष्टीकोणले बहुआयमिक मानिन्छ नेपाललाई । यहाँका पर्वतारोहण, एड्भेन्चर, प्रकृति, सास्कृतिसंगै धार्मिक पर्यटनलाई पनि उत्तीक्कै महत्पूर्ण मानिन्छ ।
नेपाल भ्रमण वर्षको तयारीमा सिंगो मुलुक लागि परेको छ । संगसंगै आध्यात्मिक पर्यटन प्रवर्धनमा समेत विभिन्न खालको कार्यक्रम भईरहेका छन् । सोमबार नेपाल भ्रमण वर्ष २०२० सचिबालयले ‘अध्यात्मिक पर्यटन प्रवर्धनकालागि विचार गोष्ठी’को आयोजना गर्यो ।
गोष्ठीमा विश्वका विभिन्न देशबाट समेत सहभागिता रहेको थियो । गोष्ठीका विशेष पाहुनाहरुमा श्री १००८ स्वामी रमणानन्द गिरि, नेपाल सनातन विद्वान परिषद्का महासचिव डा.रुद्रमिश्र ‘ध्रुवश्री’, लम्बिनी क्षेत्र विकास कोषका पूर्व अध्यक्ष, हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, विश्व हिन्दू महासंघका वेलायतका अध्यक्ष चिरञ्जीबी ढकाल लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, जलस्रोतविद् तथा आध्यात्मिक अभियान्ता डा. अरुण सुवेदी लगायको सहभागिता थियो ।

गोष्ठीको सुरुवातमा नेपाल भ्रमण वर्षका सचिबालय सदस्य रमेत रहनुभएका डा. वासुदेव कृष्ण शास्त्रीले नेपाल पर्यटन वर्ष २०२० संग जोडेर आध्यात्मिक पर्यटन प्रवर्धन विचार गोष्ठी’bout आधार पत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै श्री १००८ स्वामी रमणानन्द गिरिले पनि कृष्णागण्डकी परिक्रमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो ।

गिरिले प्रस्तुत गर्नुभएको आधारपत्रको सारमा कृष्णागण्डकी परिक्रमाका माध्यामले देश र विदेशका श्रद्धालु भक्तजनलाई भित्र्याएर धार्मिक–सांस्कृतिक महत्व तथा विशेषतालाई उजागर गर्दै आर्थिक रुपमा समेत नेपाललाई सबल र सक्षम बनाउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष सचिबालयले आयोजना गरेको आध्यात्मिक पर्यटन प्रवर्धनकालागि सहयोग हुने कुराहरु समेटिएका छन् ।

डा.वासुदेव कृष्ण शास्त्रीले प्रस्तुत गर्नुभएको आधारपत्रको संक्षीप्त सार :

आध्यात्मिक पर्यटन प्रवर्धन विचार गोष्ठी
-नेपाल आदि कालदेखि देवभूमि तपोभूमिको रूपमा परिचित देश हो ।
-नेपालको सर्वाङ्गिण विकासका लागि हाम्रा नदीनाला, मठमन्दिर, देवालय, हिमालय पर्यटक स्थलहरु छन् ।
-शिवशक्ति पीठहरु, देवशक्ति पीठ, पर्यटकीय सौन्दर्यले युक्त यो देश धर्तीको स्वर्गको रूपमा परिचित छ ।

कर्णाली नारायणी कोशी परिक्रमा पथ निर्माण
-कर्णाली सप्तगण्डकी र सप्तकोशीका छेउछाउमा भएका शिवशक्ति शक्तिपीठहरुको अध्ययन अनुसन्धान पथ निर्माण ।
-मन्दिरदेखि मन्दिरसम्म ।
-नदीदेखि नदीसम्म ।
-कुण्डदेखि कुण्डसम्म ।
-गुम्बादेखि गुम्बासम्म पदयात्रा ।

शिवशक्ति महायज्ञ
-संसारभरिका सनातन ॐकार परिवारभित्रका हिन्दू बौद्ध जैन शिख किरात प्रकृति पुजकहरुको सङ्गम स्थलको साधनस्थल नेपाल हो । यो भूमिलाई विश्मान चित्रमा आध्यात्मिक भूमि भनिन्छ ।
-यो भूमिको प्रसिद्धि धार्मिक सांस्कृतिक सामाजिक मान्यताले नै हो ।
-यो मान्यतालाई शिवशक्ति महायज्ञको माध्यमले अझै झन प्रचार प्रसार गर्नलाई सहयोग पु¥याउने छ ।
-महायज्ञमा चारै पीठका शङ्कराचार्य, विश्वभरिका धर्माचार्य, भिक्षुहरु, जैनमुनि, विविध सम्प्रदायका आचार्य गुरुहरुको आगमनले नेपालको प्रतिष्ठा फैलिनेछ ।

महायज्ञ, योग साधना, सामूहिक प्रार्थनासभा
– देशभरिका आध्यात्मिक क्षेत्रहरुको प्रचार प्रसार ।
-ग्रन्थ लेखन,
-खोज अनुसन्धान,
-दस्तावेजीकरण,
-सामाजिक जागरण,
-मार्ग निर्माण ।
२०७६/२०७७ — २०८६/०८७सम्म दशवर्षे कार्ययोजना बनाएर सामूहिक कार्यसम्पादन समूह निर्माण ।

सनातन हिन्दू, बौद्ध, शिख, जैन, किराँत प्रकृति धर्मका प्रमुखहरुको सङ्गोष्ठी

सम्पूर्ण ॐकार परिवारको आध्यात्मिक क्षेत्रको खोज अनुसन्धान दस्तावेजीकरण

शिवशक्ति परिक्रमा पथबाट हुने लाभ

-शिवशक्ति परिक्रमा मार्गमा पर्ने शक्तिपीठहरु पवित्र हिमनदीहरु, शिवालयहरु, हिमालय सहित अन्य आध्यात्मिक पर्यटकीय गन्तव्य
प्राप्ति ।
-शिवशक्ति परिक्रमा पथ, रामायण सर्किट, बुद्ध सर्किटमा जोडि विश्व भरिका पर्यटकलाई नेपाल भित्राएर आर्थिक लाभ प्राप्त हुने ।
-शिवशक्ति परिक्रमा पथ प्रचार प्रसार मार्फत विश्वव्यपी रुपमा साधकहरुलाई जानकारी गराउने र खोज अनुसन्धानबाट नेपालले लाभ प्राप्त गर्ने ।
-आगामी दिनमा भावि पुस्ता र पर्यटकहरुलाई मार्गनिर्देशकको रुपमा प्रयोग हुन सक्ने ऐतिहासिक दस्तावेज निर्माण हुने ।

लाभ
-देश भरि रहेका शिवालयहरुको महत्व र पछिल्लो समयमा हाम्रा पुस्ता र विश्वले जान्नु पर्ने कुराहरुलाई प्रचार प्रसारमा ल्याई सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सघाउ पुर्याउन महत्वपूर्ण कार्य हुने ।
-सरकारले पहिचान गरीएका भन्दा अरु नव गन्तव्यहरु प्राप्त
हुने ।
-लक्षीत वर्गमा पर्यटनको क्षेत्र भनेको रमणीय स्थल मात्र नभइ धार्मिक महत्वका कुराहरु पनि हुन भन्ने कुराको सचेता
बढाउने ।
-पुरातात्विक महत्वको क्षेत्रहरुको प्रागऐतिहासिक जानकारी प्राप्त गर्ने ।
-पर्यटकहरुका लागी नवगन्तव्यहरु प्राप्त गर्ने ।
-जनचेतना अभिबृद्धि गर्न सहयोग गर्ने ।

Leave a Comment