पर्यटन

छेन्दुमा नेपाल चिनाउने फोटो प्रदर्शनी (फोटो फिचर)

काठमाडौँ — ट्राभलर फोटोग्राफर तथा वृत्तचित्र निर्देशक देवेन्द्रबहादुर शाहीले चीनको ऐतिहासिक सहर छेन्दुमा यसैसाता नेपाल चिनाउने तस्बिर प्रदर्शनी गरेका छन् ।

नेपाल सम्बन्धि आफूले खिचेको तस्बिर ’bout चिनियाँहरुलाई ब्रिफिङ गर्दै ट्राभलर फोटोग्राफर देवेन्द्रबहादुर शाही ।

शाहीले १० वर्ष नेपालका विभिन्नस्थान घुमेर खिचेका ५० भन्दा बढी तस्बिरहरु प्रदर्शनीमा राखेका थिए।

नेपालको संस्कृति, भेषभुषा, जनजीवन र मनोरम दृष्यले चिनियाँहरुलाई लोभ्याएको शाहीले बताए। ‘नेपालका फरक तस्बिर देखेर उनीहरुले धेरै प्रश्न पनि गरे’ उनले भने।

चीन सरकार, सिचुवान इन्टरनेशनल कल्चरल एक्सेन्ज सेन्टर तथा यन्वा जिन्साको आयोजानामा फोटो प्रदर्शनी भएको हो।

लाखौं चिनियाले विभिन्न देशका तस्बीर समेटिएको प्रदर्शनी अवलोकन गरेका थिए। सिचूवान प्रान्तका मन्त्री, मेयर, व्यापारी, प्रतिष्ठित व्यक्तिहरुले समेत तस्बिर चासोपूर्वक हेरेका थिए।

शाहीले आफूले बनाएको वृत्तचित्र समेत देखाएका थिए। प्रदर्शनीले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने विश्वास गरिएको छ। सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। कान्तिपुर


Leave a Comment