संघ अपडेट

‘राष्ट्रिय कार्यक्रम भएकाले भ्रमण वर्षमा पर्यटकलाई सहज सेवा दिन विमानस्थलमा बैंकको काउन्टर थपियो’

  • 110
  •  
  •  
  •  
  •  
    110
    Shares

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न सरकार एक्लैको पहलले पुग्दैन । निजी क्षेत्रहरुको सहभागिता पनि चाहिन्छ । होटल एशोसियसन, यातायात व्यावसायी महासंघ, होमस्टे संघ लगायत निजी निकायहरुको एक्यवद्धता र सहकार्य पनि बढ्न थालेको छ ।

पर्यटकहरुकालागि बैंकिङ सुविधा कस्तो छ ? बैंकिङ सुविधाहरु कसरी सहज बनाउन सकिन्छ ? लगायतका ’boutमा सरकारको पूर्ण स्वमित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसंग नेपाल भ्रमण वर्ष २०२० कालागि (www.visitnepalnews.gov.np) मनोज श्रेष्ठले गरेको संवाद :

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न राष्ट्रिय वाणिज्य बैंकको भूमिका कस्तो छ ?
सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ को रुपमा मनाउँदैछ । तर यो सरकार एक्लैको कार्यक्रम भने होइन् । यसलाई राष्ट्रिय कार्यक्रमको रुपमा लिनुपर्छ । त्यसमा हामी छुट्ने कुरै भएन । रावा बैंकका शाखा कार्यलयहरु खुल्नेक्रम जारी छ । विमानस्थलमा बैंकिङ काउन्टरहरु थपिदैछन् । त्यस्तै अन्य अनलाइन सेवा, इन्टरनेट बैंकिङदेखि कर्मचारीको दक्षता अभिबृद्धि लगायत थुप्रै कामहरु गर्दैछौ ।

विमानस्थलमा पर्यटककालागि रावा बैंकले के–के गर्दैछ ?
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले रावा बैंकको ३ वटा काउन्टर छ । पर्यटक सुविधाकालागि रावा बैंकले राखेको यी काउन्टरहरु पर्याप्त छैनन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेरै रावा बैंकले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७ वटा काउन्टर थप्दैछ । पर्यटकको फ्लो बढी हुन्छ भनेरै काउन्टरहरु थपिएका हुन् ।

यहाँबाट पर्यटकले के–कस्ता सेवाहरु पाउँछन् ?
पर्यटकको भीसा शुल्क बुझ्नेदेखि मनी एक्सचेन्ज लगायतका सेवासुविधाहरु पाउँछन् । अन्य बैंकिङ सुविधाहरु पनि पर्यटकले यहीँबाट पाउनेछन् । यस काउन्टरमा मेनुअलभन्दा अटोमेटिक काम हुन्छ, त्यो पनि छिटो र छरितो तरिकाले । यहाँ खटिने कर्मचारी दक्ष हुनेछन् । पर्यटक आथित्यताप्रति जानकार कर्मचारीबाट सेवा दिन हामी तयारी गर्दैछौं ।

मानव बस्तीको सवैभन्दा अल्गो स्थानमा रावा बैंकले भर्खरै आफ्नो शाखा स्थापना गर्यो, यसबाट पर्यटकलाई के फाइदा हुन्छ ?
हो, डोल्पाको ‘डोल्पो बुद्ध’ भन्ने ठाउँमा रावा बैंकले शाखा कार्यलय स्थापना गरेको छ । यस ठाउँ पर्यटकीय दृष्टीले पनि विशेष मानिन्छ । पर्यटक आगमनलाई सहज बनाउन पनि यसले थप मद्यत गरेको छ । साथसाथै स्थानियबासीलाई पनि बैंकिङ प्रणालीले थप सुविधा नै हुनेछ । साथै स्थानियको जीवन स्तर उकास्नुमा पनि मद्यत गर्छ । त्यही भएर यो स्थानमा बैंकको शाखा स्थापना गरेका हौ ।

सरकारको नीतिअनुसार शाखा खोल्नेक्रम बढाउनु भएको हो कि नेपाल भ्रमण वर्षलाई लक्षित गरेर ?
सरकारको नीतिअनुसार नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानिय निकायमा शाखा खोल्नु भनेको छ । यसमा दुर्गम वा सुगम भन्ने कुरा हुदैन । अन्य निजी बैंकहरुले पनि शाखा खोल्दै आएका छन् । यसबाट प्रत्यक्ष वा परोक्ष रुपमा स्थानियसंगै पर्यटकलाई पनि सेवासुविधा पुग्नेछ ।

प्रत्यक्ष वा परोक्ष रुपमा रावा बैंकको पर्यटकीय क्षेत्रसंग केही साइनो छ ?
पर्यटनसंग जोडिएको क्षेत्रहरु जस्तै होटल, रिसोर्ट, ट्राभल एजेन्सी, ट्राभल सम्बन्धी अन्य निर्माण क्षेत्रमा पनि हामीले ठूलो लगानी गरेका छौं । टुरिजम क्षेत्रलाई हामीले छाड्ने कुरै भएन् । देश विकासको दीगो आधारशीला भनेको पर्यटन पनि हो । यसैलाई आधार मानेर हामीले लगानी बढाइरहेका छौं ।
अझ् नेपाल पर्यटन वर्ष मनाउने घोषणा भएपछि लगानीको स्पिट अप गरेका छौं । टुरिजम इन्डष्ट्रीलाई ग्रुम गर्न पनि लगानी आवश्यकता पर्छ । प्रोजेक्टहरु समयमै पुरा हुन भनेर पनि हामी इन्फर्म छौं ।

समग्रतामा पर्यटककालागि केही सुझाव ?
पर्यटकीय गन्तब्यहरु बैंकका शाखाहरु खुल्नेक्रममा छ । लुम्बिनी, मुस्ताङ लगायत अन्नपूर्ण रेन्ज, सगरमाथा आधार शिविर जस्ता क्षेत्रमा बैंकिङ सुविधाहरु उपलब्ध हुदा पर्यटकहरु धेरै सुरक्षित र सहज वित्तिय पहुँच पाउनेछन् । अहिलेसम्म काठमाडौं, पोखरा लगायत शहरी पर्यटकीय गन्तब्यमा बैंकहरु केन्द्रीत थिए । साथै बैंकको हरेक शाखामा पोस्टर, पम्प्लेट लगायत वेब साइटमा नपाल भ्रमण वर्षको लोगो समेत राखिने योजना छ ।

Leave a Comment