आतिथ्यता

महेन्द्र राजमार्ग निर्माण गरिदिने देशका राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

  •  
  •  
  •  
  •  
  •  

रुस भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । नेपालले रुसी राष्ट्रपति पुटिनलाई परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको भ्रमणको औपचारिक निम्तो गर्नु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट पुटिनलाई औपचारिक नेपाल भ्रमणको निम्तो गर्नु भएको ज्ञवालीले रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोबसँग द्धिपक्षिय हित र सहकार्यका ’boutमा पनि छलफल गर्नु भएको थियो । नेपालले पछिल्लो समय पुराना मित्र देशहरुसँगको सम्बन्धलाई पुनस्थापित गर्ने प्रयास गरिरहेको छ ।

रुस नै त्यस्तो देश हो जसले मेची–महाकाली जोड्ने महेन्द्र राजमार्ग निर्माण आरम्भ गरिदिएको थियो । रुसले महेन्द्र राजमार्गको पथलैया–ढल्केबर खण्ड अनुदानमा निर्माण गरिदिएको थियो ।

Leave a Comment