आतिथ्यता

प्रसिद्ध व्यापारी हर्बेरट विर्थ जर्मनकालागि सद्भावना दूत नियूक्त

  •  
  •  
  •  
  •  
  •  

नेपाल भ्रमण वर्ष २०२० को सचिबालयले जर्मनी प्रसिद्ध व्यापारी हर्बेरट विर्थलाई जर्मनको लागि सद्भावना दूत नियुक्त गरेको छ । सचिबालयमा आयोजित कार्यक्रममा सद्भावना दूतको प्रमाणपत्र वितरण समारोह मै उहाँको जन्मदिन पनि मनाइएको थियो । २०७६ मंसिर ११ गते वुधबार परेको उहाँको जन्मदिन ८१ औं हो । यसअघि पनि उहाँले पटक–पटक नेपाल आएर उहाँले आफ्नो जन्म दिन मनाउनु भएको छ ।
श्रीमति मार्गरेटसहित आउनु भएका विर्थको जन्म दिनको उपलक्ष्यमा केक काटेर खुसीयाली साटासाट गरिएको थियो । विर्थले नेपालको स्वास्थ्य, शिक्षा र पानी सम्बन्धीका क्षेत्रमा ठूलो लगानी गर्नु भएको छ ।
नेपाल भ्रमण वर्ष सचिबालयका संयोजक सुरज वैद्यले विर्थ जस्तो विश्व प्रसिद्ध व्यक्तिलाई नेपाल भ्रमण वर्षको सद्भावना दूत मनाउन पाउदा एकदमै खुसी भएको बताउनुभयो ।
‘नेपाल भ्रमण वर्ष इभेन्ट मात्रै होइन्, अभियान हो’, उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्रमा तपाईहरु जस्तो सद्भावना दूतहरुको पनि ठूलो भूमिका हुन्छ । तसर्थ सक्दो सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

Leave a Comment