Uncategorized

नेपाल भ्रमण वर्षसंगै ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको दोश्रो संस्करणको घोषणा

  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिबालयका संयोजक सुरज वैद्यले ‘वी वील राईज फाउण्डेशन’ले गरेको कामको प्रंसशा गर्दै आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख थपिदिने घोषणा गर्दा उपस्थित दर्शकदीर्घाबाट गडगडाहट ताली बज्यो । नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नेगरी देशभर भिडियो च्यालेन्ज प्रतियोगिता सुरु गरेको फाउण्डेशनले दोश्रो भिडियो च्यालेन्ज प्रतियोगिताको घोषणा सभामा सचिबालयका संयोजक वैद्यले यस्तो घोषणा गर्नु भएको हो ।


वी विल राईज फाउण्डेसनले आयोजना गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२० डिसेम्बर १ देखि सुरु हुने घोषणा गरेको छ । गतवर्ष देखि फाउण्डेसनले ‘मेरो गाउ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज सुरु गरेको हो । अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमका विजेताले पाउने एक लाखबाट बढाएर यस वर्षदेखि ५ लाख पुर्याउने घोषणा पनि गरिएको छ । नेपाल भ्रमण वर्षसंगको सहकार्यमा आयोजित घोषणा सभाका प्रमुख अतिथि सचिबालयका संयोजक सुरज वैद्यले यस्ता कार्यक्रमले नेपाल भ्रमण वर्षलाई निक्कै सहयोग पुग्ने वताउनुभयो । भ्रमण वर्ष सफल बनाउन सबैले लाग्न आवश्यक रहेको बताउँदै वैद्यले भन्नुभयो, ‘यसले ग्रामीण क्षेत्रका विविध पक्षलाई चिनाउन सहयोग गर्नेछ ।’
मुलुकभर ओझेलमा रहेका पर्यटकीय स्थल, प्राकृतिक र सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान र कला संस्कृतिलगायतका विषयमा केन्द्रित रहेर प्रतियोगिताको थालनी गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए ।

सय दिनभित्र आएका मध्ये ७० भिडियो मनोनयन गरी उत्कृष्ट १० लाई छनौट गरिने छ । छनौट भएका भिडियोलाई आउँदो अप्रिलमा पुरुस्कार वितरण गरिने भिडियो च्यालेञ्जका कार्यक्रम संयोजक प्रभात रिमालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका भ्रमण वर्ष संयोजक जुद्धा गुरुङ, गैरआवासीय संघका उपाध्यक्ष कुमार श्रेष्ठ लगायतले कार्यक्रम’bout चर्चा गर्नु भएको थियो ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ

पत्रकार महोदय,

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातीको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वी विल राईज फाउण्डेसनद्वारा पहिलोपटक आयोजित भिडियो प्रतियोगिताको सफल आयोजना पश्चात् आगामी वर्ष समेत यस्तै प्रकृतिको कार्यक्रमलाई निरन्तरता दिने तय भएको सहर्ष जानकारी गराउन चाहन्छौं । मूलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले समेत यो प्रतियोगिताको उपादेयता अझ बढ्न पुगेको छ । यसले मुलुकका दुरदराजका क्षेत्रहरु सम्म भ्रमण वर्ष ’bout जनचेतना फैलाउन समेत सहयोग पुग्नेछ । प्राप्त भिडियोहरुको उचित प्रचारप्रसार गर्नसके योे आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुन सक्ने हामीलाई विश्वास छ । यसकारण पनि यसलाई निरन्तरता दिने दायित्वबोध अझ बढेको छ।

आफ्नो गाउ“ठाउ“लाई प्रर्वद्धन गर्ने दायित्व सबैभन्दा पहिले मेरै हो भन्ने भावना जगाउ“ने जगाईदिने प्रयास स“गै आफुमा नीहित प्रतिभा प्रष्फुटन गर्ने अवसर स्वरुप “मेरो गाउ“, मेरो ठाउ“” शिर्षकमा गतवर्ष आयोजित प्रतियोगितामा हामीलाई सातै प्रदेशबाट उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भए । त्यसमध्येबाट १० विधागत अवार्डका लागि ४७ भिडियो अन्तिम प्रतिस्पर्धामा छनौट गरी २०७६ असार १६ गते काठमाण्डौंस्थित होटल अन्नपूर्ण दरबारमार्गमा अन्तिम प्रतिष्पर्धा आयोजना गरियो। उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित थियो । यसपटक गण्डकी प्रदेश र ८० बढी मुलुकमा फैलिएको गैरआवासिय नेपाल संघलाई समेत यस अभियानमा जोड्न पाउँदा हामी थप उत्साहित छौं ।
यो प्रतियोगिता ठिक एक सय (१००) दिन चल्नेछ । सहभागी हुन चाहने प्रतियोगीले डिसेम्बर १ देखि मार्च ९ सम्म आफ्ना भिडियोहरु पठाईसक्नु पर्नेछ । सहभागी वृत्तचित्रको गुणस्तर न्यूनतम फूल एचडी (१९२०ह१०८०) पिक्सेलको र समय अधिकतम ५ मिनेटको हुनुपर्ने छ ।
प्रतियोगीहरुले फाउण्डेसनको वेबसाइटमा रेजिष्ट्रेसन फर्म भरी गुगल ड्राइभबाट भिडियो पठाउन सक्नेछन् । निर्णायक मण्डलले आएका भिडियोहरु मध्येबाट १० विधागत अवार्डका लागि ७० भिडियो मनोनयन गर्नेछन् । छनौटमा परेका १० उत्कृष्ट भिडियोहरुलाई आगामी अप्रिलमा बृहत कार्यक्रम गरी पुरस्कार वितरण गरिनेछ ।
यो कार्यक्रम सरकारले घोषणा गरेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सार्थक बनाउन हामीले आफ्नो क्षेत्रबाट पनि केही न केही अवश्य गर्न सक्छौं, “हामी उठ्ने छौं” भन्ने मनोभाववाट अभिप्रेरित छ। अतः यस महत्वपूर्ण राष्ट्रव्यापी अभियानमा आ आफ्ना क्षेत्रबाट सबैले हातेमालो गरिदिनु हुन विशेष अनुरोध छ ।
अवार्डका विधाहरु पुरस्कार रकम

बेष्ट भिडियो अफ द इयर रु. पँच लाख
पब्लिक च्वाईस अवार्ड रु. तीन लाख
बेष्ट डिरेक्टर रु. तीन लाख
वुमन भिडियो मेकर अफ द इयर रु. एक लाख
फ्युचर स्टार अफ द इयर रु. एक लाख
मोष्ट पोटेन्सियल डेस्टीनेसन रु. एक लाख
मोष्ट एनरजेटिक भिडियो मेकर रु. एक लाख
बेष्ट स्क्रीप्ट भ्वाईस ओभर रु. एक लाख
वेष्ट सिनेमाटोग्राफर रु. एक लाख
वेष्ट एडिटर रु. एक लाख

Leave a Comment