कला र संस्कृति

मिस वल्र्डमा सहभागी १२४ देशका सुन्दरीलाई नेपालको तर्फबाट भ्रमण वर्ष २०२० को निम्तो

  • 5.2K
  •  
  •  
  •  
  •  
    5.2K
    Shares

मनोज श्रेष्ठ,

मिस नेपालको ताज पहिरिएकी अनुष्का श्रेष्ठ यतीखेर मिस वल्र्डमा प्रतिष्पर्धा गरिरहेकी छन् । प्रतिष्पर्धामा जानुपूर्व पूर्व मिस नेपालहरु मात्रै नभएर आयोजकले पनि उनलाई धेरै कुरा शेयर गरिसकेका हुन्छन् । त्यसमध्ये उनलाई सिकाइएको मूख्य कुरा भनेको नेपालको प्रसिद्ध ठाउँका ’boutमा वर्णन गर्नु पनि हो । अर्थात नेपालको पर्यटनलाई विश्व सामु परिचित गराउन उनको मूख्य कर्तव्य हुन आउछ ।

यस वर्ष मिस वल्र्ड लण्डनमा भइरहेको छ । नेपालमा मिस नेपालको ताज पहिरिएकी मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा सघर्शशील छन् ।मिस वर्ल्डको तयारीसँगै अनुष्काले भिजिट नेपाल २०२० लाई प्रत्यक्ष÷परोक्ष रुपमा प्रचारप्रसार गरिरहेकी छन् ।

लण्डनमा उपस्थित भएका विभिन्न १२४ देशका सुन्दरीहरुलाई अनुष्काले भिजिट नेपाल २०२० को विषयमा जानकारी दिइरहेकी छिन् । उनले अन्य देशका सुन्दरीहरुलाई नेपाल घुम्न निम्तो पनि दिदै आएकी छन् । उनले नेपालको विभिन्न ठाउँ र साहसिक खेलहरुको विषयमा बताउदै आफ्नो सामाजिक सञ्जालमा फोटोहरु पोष्ट गरेकी छन् । ति फोटोहरु नेपाल भ्रमण वर्षको आधिकारिक वेब पेजमा ट्याग समेत गर्दै आएकी छन् ।
मिस नेपालमा भाग लिनुअघि उनले लण्डनस्थित नेपाली राजदुताबासमा आयोजित कार्यक्रममा सामेल भइन् । राजदूत दुर्गाबहादुर सुवेदीसंगको भेटमा उनलाई नेपाल भ्रमण वर्षको ’boutमा जानकारी गराइएको थियो । एक्साइटेड अनुष्काले यो प्लेटफर्मलाई हरेक पल नेपाल भ्रमण वर्षको प्रचार गर्न चुकेकी छैनन् ।
मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिका अनुसार जुन सुकै देशका सुन्दरीले पनि त्यहाँ आफ्नो देशको प्रवद्र्धन गर्ने हो । जित्नु त सवैको उद्देश्य हुन्छ संगसंगै आफ्नो देशलाई विश्वमा चिनाउने यो एउटा उत्तम प्लेजफर्म पनि हो । उनी भन्छन्, ‘राज्यले पनि यस्ता इभेन्टमा लगानी गर्न सकेमा पक्कै पनि पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।’
सुन्दरीहरुलाई नेपालको ’boutमा बताइ रहेको भिडियोहरु उनले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै नयाँ बनाएको साथीहरुलाई नेपाल घुम्ने निम्तो दिदै आएकी छन् । संगै उनलाई पनि अन्य देशका सुन्दरीहरुले पनि उनीहरुको देश घुम्न जाने निम्तो दिने गरेका छन् ।

मिस वल्र्डको फाइनल डिसेम्बर १४ मा हुनेछ । मिस नेपाल जुनसुकै गएपनि नेपाल सगरमाथाको देश, वुद्धको जन्मथलो, प्राकृतिक सुन्दरताको देश, एडभेन्चर, जातिय विविधताको देश भनेर भन्न छुटाउदैनन् । अनुष्कालाई त झन् चिठ्ठा नै परेजस्तो भएको छ ‘नेपाल भ्रमण वर्ष २०२०’ । नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्षको प्रचारप्रसार तिव्र भएका कारण उनलाई थप सहज भएको छ ।
अनुष्काले यस वर्ष नेपालको शिक्षा, स्वास्थ्य र गरिबी थिममा ‘ब्यूटी वीथ अ पर्पस’ प्रस्तुत गर्दैछिन् । उनले यसको फस्ट लुक सार्वजनिक गरेकी छन् । विश्वभरीबाट सवैभन्दा धेरै । भोट ल्याउने, ब्यूटी वीथ अ पर्पस क्याटगोरी विजेता लगायत सात वटा विद्याका विजेता सिधै फाइनल चरणमा प्रवेस पाउछन् । नेपालजस्तो देशका सुन्दरीलाई अहिलेसम्म सिधै फाइनल चरणमा प्रवेस गराइएको छैन् । व्यूटी वीथ अ पर्पस र मल्टिमिडिया टाइटलमा जितेवापत फाइनलमा प्रवेस पाएकी थिइन् ईशानी श्रेष्ठले । त्यसबाहेक अन्य कुनै पनि मिस नेपाललाई यो सौभाग्यता प्राप्त भएको छैन् ।
भेनेजुएला यस्तो देश हो जहाँ सुन्दरीका कारण सिंगो देश परिचित छ । त्यो देशकी सुन्दरीले ७ पटक मिस वल्र्डको जात पहिरिसकेकी छिन् । सिंगो मुलुकले यस क्षेत्रमा ठूलो लगानी गरेको छ । नेपालले पनि यस्ता प्रतियोगितालाई महत्व दिदै आएको छ भन्ने उद्हारण थुप्रै छन् । जसमध्ये केही साता पहिले एनआरएनएसंग गरिएको डेढ दर्जन सम्झौतामध्ये मिस एनआरएनए पनि छ । यसले विश्वमा छरिएर रहेका नेपालीको मन खिच्न मद्यत गर्छ नै ।

अनुष्काले आज पोष्ट गरेकी एउटा स्टाटस
आज बिहान मैले ब्रिटेनको नेपाल दूतावासमा राजदूत महामहिम डा। दुर्गाबहादुर सुवेदीले आयोजना गर्नुभएको कार्यक्रममा सम्मान पाएको छु। मिस वल्डमा नेपालको तर्फबाट सहभागि भइरहँदा हामीले बेलायतमा नेपालीहरूको उपस्थिति, नेपालका रूपमा नेपाल ब्रिटेनको सम्बन्धको इतिहास र मिस नेपालले आगामी भिजीट नेपाल २०२० को लागि खेल्न सक्ने भूमिका र नेपालको राष्ट्रिय प्रतिनिधिहरूको रूपमा हाम्रो क्षमतालाई सक्दो कसरी प्रदर्शन गर्ने भन्ने विषयमा लामो समय छलफल भयो ।

मैले मेरो बुद्धि विवेक र क्षमताले सक्ने गरि मिस वल्डमा आफूलाई बलियो उपस्थिति जनाउने महामहीमसँग कुरा राखे । मलाई सहयोग र हौसल्ला प्रदान गर्नुभएकोमा नेपाल राजदूतावास र नेपाली महामहीम राजदुत डा। दुर्गा प्रसाद सुवेदी ज्यू प्रति आभार प्रकट गर्न चाहान्छु ।

Leave a Comment