Uncategorized

नेपाल भ्रमण वर्ष सफल बनाउन राजनीतिक दलहरुको साथ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय अभियानका रुपमा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न राजनीतिक दल तथा तिनका भातृ संगठनहरुले प्रतिवद्धता जनाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजना गर्नुभएको छफलमा नेपाली नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, समाजवादी दल, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले अभियान सफल बनाउन सबैले सार्वजनिक प्रतिवद्धता जनाउनुभयो ।

विभिन्न राजनीतिक दलहरु तथा तिनका भातृ संगठनका प्रतिनिधिहरुसंग भ्रमण वर्ष २०२० ’bout छलफल गर्दै नेताहरुले देशको मुहार फेर्ने अभियानमा सबैले साथ दिने बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष जस्तो राष्ट्रिय उत्सवमा सवै राजनीतिक दलहरुले पनि पूर्ण सहयोग गर्नुपर्ने बताउनुभएको छ । ‘राजीनितक एजेण्डामा हामीवीच धेरै विवाद छैन्, अव सामाजिक तथा आर्थिक विकासमा राज्य केन्द्रीत हुनुपर्छ’, मन्त्री भट्टराईले भन्नुभयो, ‘आफुसंग संवद्ध भातृ संगठनहरुलाई पनि चलायमान बनाउनु पर्छ । त्यसैगरी विदेश विभाग लगायत सवै पार्टीले एउटा नेपाल भ्रमण वर्ष विभाग बनाउनुपर्छ ।’
राजनीतिक दलहरुले पर्यटन क्षेत्रलाई प्रमुख मुद्या बनाउनुपर्ने वताउदै उहाँले आ–आफ्नो पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई पनि नेपाल भ्रमण वर्ष सफल बनाउन परिचालन गर्नुपर्ने वताउनुभयो । त्यसैगरी सवै पार्टीले आफ्नो केन्द्रीय संरचनामा पर्यटन विभाग निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो ।


मन्त्री भट्टराईले आउने वर्षको नीति तथा कार्यक्रममा एक दशकलाई नै पर्यटन वर्षको रुपमा मनाउने उल्लेख हुने बताउनुभएको छ । त्यसकालागि हाम्रो समुदाय र वस्तीहरु सफा हुनुपर्छ । यसकालागि मन्त्रालयले भौतिक संरचना र पर्यटन क्षेत्रमा जनशक्ति तथा प्रचारप्रसारका काममा लागि परेको वताउदै उहाँले डिसेम्वर २५ बाट आधा दर्जन क्षेत्रमा काउण्डडाउन सुरु गर्ने जानकारी दिनुभयो ।
रंगशालामा जनवरी १ तारिख दिनको ३ बजे उद्घाटन हुने जानकारी दिदै उहाँले भन्नुभयो, ‘७ वटै प्रदेशमा एक साथ नेपाल भ्रमण वर्षको उद्घाटन हुन्छ । त्यस्तै ७ जनवरीमा विश्वभर रहेका नेपाल राजदूताबासले पनि विदेशी कूटनीतिज्ञहरुलाई बोलाएर नेपाल भ्रमण वर्ष उद्घाटन गर्नेछौं ।’

नेपाल भ्रमण वर्षले नेपाललाई विश्वमा चिनाउन मद्यत गर्ने वताउदै मन्त्री भट्टराईले यसलाई सफल बनाउन पूर्वधार पहिलो सर्त भएको वताउनुभएको छ । गौतम वुद्ध विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिदै मन्त्री भट्टराईले भौतिक पूर्वाधारहरु बन्नेक्रममा भएका कारण नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सम्पूर्ण राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी नेकपाका महासचिव विष्णु पौडेलले प्रत्येक विदेशीले नेपाल घुमेपछि केही न केही सन्देश बोकेर जान सक्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले नेपाल घुम्न आएकाहरुले नेपालमा प्रमुख पर्यटकीय गन्तब्य पनि रहेछ भन्ने थाहा पाउनुपर्ने वताउनुभयो । ‘अतिथिलाई हामी देउता मान्दछौं’, महासचिव पौडेलले भन्नुभयो, ‘राम्रो आथित्यता दिनुपर्छ । नेपाल र नेपाली दुवै राम्रो छ भन्ने सन्देश पनि दिनुपर्छ ।’

नेपाली काग्रेसका नेता तथा मूर्व मन्त्री मोहन बहादुर बस्नेत भव्यताका साथ साझा कार्यक्रम हो । यस अभियानलाई सफल बनाउन सवै राजनीतिक दलहरुले साथ दिनुपर्छ उहाँले वताउनुभयो । ‘आफ्नो भविष्यकालागि केही भाग्यका रेखाहरु कोर्नुपर्छ । त्यसैको सुरुवातको रुपमा नोपल भ्रमण वर्ष हुनसक्छ’, बस्नेतले भन्नुभयो, ‘२० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न उत्साह र उमंग ढंगले लागेको हेर्दा आशा लाग्दो देखिन्छ । महत्वपूर्ण गन्तब्यहरु पहिचान गरेका छौं । संचरनाहरु पनि बन्नुपर्छ ।’

त्यस्तै राजपाका नेता लक्ष्मणलाल कर्णले पहाडको मात्रै देश हो भन्ने आम भावनालाई क्रस गर्नु भएकोमा धेरै राम्रो लागेको बताउनुभयो । ‘भिजिट नेपाल भनेर तराईका युवाहरुले सक्रिय भएर लागेको देखे’, उहाँले भन्नुभयो, ‘यो एकदमै खुसी लाग्दो कुरा हो । मिथिला भोजनको प्रदर्शनीले तराईलाई पनि समेटेको छ ।’
त्यसैगरी राप्रपाका नेतृले विदेशी पाहुँना आउदा श्रृंगारिएका ठाउँहरु उहाँहरु गएपछि वेहुली अन्माए जस्तै हुने गरेको वताउनुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका तर्फबाट एक नेतालेसुरक्षामा कडाई गरिनु पर्ने वताउनुभयो । त्यस्तै पर्यटकहरुलाई महंगोमा खाद्यन्न विक्री भइरहेकाले अनुगमनमा कडाई गरिनुपर्ने सुझाव दिनुभयो ।

Leave a Comment