संघ अपडेट

नेपाली सेनाले सुरु गर्यो बृहत् एकीकरण मार्ग कार्यक्रम–२०७६

  •  
  •  
  •  
  •  
  •  

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बृहत् एकीकरण मार्ग कार्यक्रम २०७६ को विशेष कार्यक्रम बीच समुद्‍घाटन गर्नु भएको छ । उद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको कार्यक्रमलाई थप व्यवस्थित बनाउनु पर्ने वताउनुभयो ।
इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिकाको समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको उहाँले बताउनु भयो । सम्बोधन कै क्रममा उहाँले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, विभिन्न मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको सहयोग र साथ आफैमा अभिप्रेरक भएको कुरा समेत बताउनु थियो ।

Leave a Comment