Uncategorized

सर्वोच्च शिखर सगरमाथाको काखमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुन्दरीको क्याट वाक

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

विश्वकै सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा फेशन शोको आयोजनागरी विश्वलाई आकर्षित गरिएको छ । नेपाल भ्रमण वर्षलाई समेत प्रवद्र्धन हुनेगरी जनवरी २५, २०२० मा ‘द माउण्ट एभरेष्ट फेसन रनवे’ आयोजना गरिएको हो ।
कालापत्थरमा भएको यो फेसन शो विश्वकै उच्च स्थानमा भएको फेसनसम्बन्धी पहिलो कार्यक्रम हो । फेसन डिजाइनर रमिला नेम्कुलले गरेको जैविक विविधता र प्राकृतिक महत्त्वका फेसनको अनुसन्धानका आधारमा यो फेसन रनवे आयोजना गरिएको हो ।
नेपाली मौलिक फाइबरले बनेका लुगा र पत्थरका गहना लगाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मोडेलहरुले र्याम्प नापेका थिए । फेसन डिजाइनर रमिला नेम्कुलले शोधमा आधारित पहिरनमा सजिएका मोडेलहरुले फरक अनुभव बटुल्ने मौका पाएका थिए । नेपालमा बायो देगद्रवले वस्त्र निर्माण गर्ने प्रयाप्त श्रोत रहेको र यसले वातावरण कुनै क्षति नपुर्याउने जनाइन्छ ।
यो विश्व किर्तिमानी ‘फेसन रनवे’मा १५ जना अन्तराष्ट्रिय मोडलहरूको साथमा ५ जना नेपाली मोडलले उच्च स्थानको र्याम्पमा प्रस्तुति दिएका थिए । मिस युनिभर्सल नेपाल २०१८ मनिता देवकोटाले स्वदेशी तथा विदेशी मोडलको नेतृत्व गरेकी थिइन । इटाली, नेदरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड, नाइजेरिया, श्रीलंका र भारतका मोडलले यस फेसन रनवेमा सहभागिता जनाएका थिए ।
मोडलहरूको स्वास्थ्यसम्बन्धी समस्या नेपाल मेडिसिटि अस्पताल तथा आधारशिविरसम्म पुग्ने ट्रेकिङको नेतृत्व दावा स्टेभेन शेर्पाले गरेका थिए । जनवरीको महिना प्राकृतिक हिसाबमा निक्कै राम्रो मानिन्छ ।
कासाले बायो डिग्रेडेबल डिजाइन कपडाहरू, शैम्पू, डिटर्जेंट, पानी नहुने स्नान र सौर प्रविधिको ट्रेकमा काला पत्थर जस्ता सिक्वेन्सहरु प्रस्तुत गरेको थियो ।
नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालयको समेत सहकार्य रहेको थियो ।

Leave a Comment