यात्रा र व्यापार

बागमती प्रदेशका नयाँ गन्तब्यमा विदेशी राजदूत र ट्राभल ट्रेडका पदाधिकारीको भ्रमण

  •  
  •  
  •  
  •  
  •  

सामिन पौडेल,

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र बागमती प्रदेशको संयुक्त पहलमा बाग्मती प्रदेशको पर्यटकीय गन्तव्यहरुको नेपालस्थित विदेशी राजदूत लगायत ट्राभल ट्रेड एशोसियसनका पदाधिकारीहरु लाई भ्रमण गराएको छ । उक्त पर्यटकीय स्थलहरुको भ्रमणमा नेपालस्थित श्रीलंकन राजदूत हेमाली सुभासिनी दी शिल्भा अरुणतिका र मलेसियन राजदूत मोहम्मद फादिल बीन अबुहसिन परिवार सहितको सहभागिता रहेको थियो ।

नेपाल भ्रमण वर्ष सचिवालय तथा प्रदेश समन्वय समितिका पदाधिकारीहरुको साथमा गएको टोलीले पहिलो दिन चितवनस्थित नेशनल पार्कमा जंगल सफारी गरेका थिए । जंगल सफारी पछि हात्तीको फुटबल प्रतियोगिता हेर्न गएको उक्त टोली हात्ती ब्रिडिङ सेन्टर घुमेर थारु साँस्किृतिक कार्यक्रममा रमाएका थिए ।

त्यसैगरी दोश्रो दिन हेटौडास्थित शहिद स्मारक पार्कको उद्घाटन समारोहमा सहभागी भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भएको पार्क उद्घाटन समारोहपछि उहाँहरुलाई हेटौडाकै मकवानपुरगढीमा अवलोकनको लागि लगिएको थियो । मकवानपुर गढीको यो एतिहासिक क्षेत्र नेपाल भ्रमण वर्षकालागि नयाँ गन्तव्य हो ।

मकवानपुरगढी गाउँपालिकाको संक्षिप्त परिचय
मकवानपुरगढी गाउँपालिका प्रदेश नं। ३ अन्तर्गत मकवानपुर जिल्लामा अवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविक मकवानपुरगढी, बुढीचौर, सुकौरा तथा आमभञ्याङ गाविसहरु मिलेर बनेको यो गाउँपालिका १४८।७३ वर्ग कि।मी। क्षेत्रफलमा फैलिएको छ ।

समुन्द्री सतहका करिब १३०४ मिटर सम्मको उचाईमा रहेको मकवानपुरगढी गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २७ डिग्री २१ मिनेट ३९ सेकेण्ड देखि २७ डिग्री ३० मिनेट ४१ सेकेण्ड उत्तरी अक्षांश र ८५ डिग्री ०२ मिनेट ३७ सेकेण्ड देखि ८५ डिग्री १३ मिनेट ०८ सेकेण्ड पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका मकवानपुर जिल्लाको जिल्ला सदरमुकाम हेटौडासंग सिमाना जोडीएर पुर्व तथा उत्तर भागमा रहेको छ ।

साथै यस गाउँपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिम हेटौंडा उपमहानगरपालिका र भिमफेदी गाउँपालिका, उतरमा भिमफेदी गाउँपालिका दक्षिणमा हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको ६।५२ प्रतिशत भुभाग ओगटने यस गाउँपालिकाको क्षेत्रफल १४८।७३ वर्ग किमी रहेको छ ।

क) ऐतिहासिक चिनारी तथा नामाकरण
नेपाल एकिकरणको अभियन्ता पृथ्वीनारायण शाहको ससुराली खलक रहेका मुकुन्द सेनको शासन सञ्चालन तथा दरबार रहेको मकवानपुरगढी नेपालको ऐतिहासिक महत्वको क्षेत्र हो । यहि गढी दरवार मकवानपुरगढीको नामले प्रचलित रहेको छ । नेपालको बाइसी र चौबिसी राज्यका समय मकवानपुरगढी राजनीतिक तथा सामरिक हिसावले अत्यन्त महत्व रहेको तथ्य बुझेका गोर्खाका राजा पृथ्वीनारायण शाहले मकवानपुरगढीका राजा मुकुन्द सेनको कान्छा छोराको छोरीसंग बिबाह गरेका थिए ।

यसरी यस भेगका बलिया राजासंग सामिप्यता राखी नेपाल एकिकरण गरेका थिए । त्यसकारणले पनि मकवानपुरगढी गाउँपालिका ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो । नवगठित स्थानीय तह अन्तरगत साविक मकवानपुरगढी गाविससहित आमभञ्ज्याङ, सुकौरा र बुढीचौरलाई मिलाएर वि।सं। २०७३ मा मकवानपुरगढी गाउँपालिकाको गठन गरिएको हो ।

धरातलीय अवस्था
चुरे तथा पहाडी जिल्ला अन्तरगत रहेको यस क्षेत्रमा धरातलिय स्वरुपका हिसाबले पहाडी तथा महाभारत श्रृखंलासंग जोडिएकोले अधिकांश जमिनको बनौट भिरालो प्रकृतिको छ भने सामरी नदि, भालुखोला, ज्यामिरे खोलालगायतका अन्य क्षेत्रमा पनि समथर जमिन पनि रहेको छ । चुरे पहाड तथा पहाडी भुभाग महाभारत श्रृंखलाले बनेको यस गाउँपालिकामा कडा खालको चट्टानी भुभाग, भीरपाखा, चुनखानी तथा वसोवासयोग्य क्षेत्र सहितको विविधतायुक्त धरातलिय अवस्थिति रहेको छ । यस क्षेत्रमा मुख्यतया आमभञ्ज्याङ र सुकौरालगायतका स्थानमा गरि करिब १०—१५ प्रतिशत समथर भुभाग रहेको छ ।

ग) प्राकृतिक सम्पदा
गाउँपालिकाको कुल क्षेत्रफलको करिब ४०—४५ प्रतिशत क्षेत्रमा खेती गरिएको छ । वनक्षेत्रले ओगटेको क्षेत्र हेर्दा जंगल र झाडी गरि करिव ४०—४५ प्रतिशत, खहरे वा चरण क्षेत्र ५—७ प्रतिशत रहेको छ । गाउँपालिकालाई मुलप्रवाह क्षेत्र बनाएर अविरल बगिरहने सामरी, ज्यामिरे, भालुखोला मकवानपुरगढी नदि लगायतका सहायक नदि तथा खोलाहरु यहाँको मुख्य प्राकृतिक सम्पदाहरु हुन् ।

सिंचाइको मुख्य श्रोतको रुपमा रहेको सामरी, ज्यामिरे लगायत खोलाबाट यस क्षेत्रको तल्लो वेसी क्षेत्रको जमिनमा सिंचाइ सेवा उपलब्ध रहेको छ । जैविक विवधताका हिसावले कम पर्वतिय हावापानी तथा बढी उष्ण हावापानीमा पाइने जीव तथा वनस्पतिहरु पाइन्छ । यसका पहाडको माथिल्लो भागका अधिकांस स्थानमा वन रहेका छन् । यस गाउँपालिकाको उत्तरमा देखिने रमणिय हिमाली श्रृखलाहरुले यहाँको सुन्दरता बढाएको छ । बालुवा लगायतका खनिजहरु यस क्षेत्रमा पाइन्छ । गाउँपालिको जमिनमा खेती गरिएको जमीन,जंगल, चरण क्षेत्र, बगर झाडी तथा पानीले ढाकेको क्षेत्र रहेको छ ।

घ) साँस्कृतिक उत्कृष्टता
ऐतिहासिक महत्व बोकेको मकवानपुरगढी क्षेत्रको साँस्कृतिक विशेषता बोकेको नेपालको तत्कालिक रणनीतिको महत्वको क्षेत्रको रुपमा रहेको सभ्यता तथा हिन्दु साँस्कृतिको अनुपम संगम रहेको छ । तामाङ पहिलो तथा दोश्रो स्थानमा क्षेत्री, ब्राम्हण, दलित जातीको मिश्रित बसोवास रहेको यस गाउँपालिकामा मुख्य कामकाजी भाषा नेपाली भएता पनि स्थानीय मौलिक तामाङ भाषा बोलीचालीमा रहेको पाइन्छ । धार्मिक रुपमा हिन्दु धर्मालम्बीहरुको उच्च बाहुल्यता रहेको यो क्षेत्रमा मनाइने चाडपर्वहरुमा कृष्णाष्टमी, तिज, जनैपुर्णिमा, दशै, तिहार, माघे सक्रान्ती, चैते दशैं आदि रहेका छन् । धार्मिक तथा भाषीक रुपमा करिव एकरुपता रहेको यो क्षेत्रमा चाडपर्वका समयमा गरिने बिभिन्न क्रियाकलापहरुले यहाँको सामाजिक र साँस्कृतिक उत्कृष्टता झल्काउने गर्दछन् । भेषभुषाका रुपमा पुरुषहरुले मुख्य रुपमा दैरा, सुरवाल, टोपी तथा कोट र महिलाले गुन्यु चोली र पटुकी लगाउने गर्दछन् ।

ङ) विकासका सम्भावनाहरु
मकवानपुरगढी गाउँपालिका क्षेत्रभित्र रहेका प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु, आर्थिक अभ्यास र उपलब्ध मानविय पूँजी तथा पूर्वाधार लगायतको अवस्थालाई हेर्ने हो भने यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरुको आँकलन गर्न सकिन्छ । गाउँ विकासका संम्भावनाहरुलाई देहाय बमोजिमको तालिकामा प्रस्तुत गरिएको छ ।

स्रोत : मकवानपुरगढी गाँउपालिका, वागमति प्रदेश,नेपाल


Leave a Comment