पर्यटन

दुई वर्ष भित्र भूकम्पले क्षति पुर्याएको सम्पूर्ण पुरातात्विक संरचना पुर्ण हुन्छ : पर्यटनमन्त्री भट्टराई

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी दुई वर्षभित्र विश्व समुदाय माँझ २०७२ को महाभूकम्पले क्षति भएका सबै पुरातात्विक एवं साँस्कृतिक सम्पदाको काम सम्पन्न भएको घोषणा गरिने बताएका छन् । भूकम्पबाट क्षति भएका पुरातात्विक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षण एवं पुनर्निमाणको हालसम्मको अवस्था’bout जानकारी दिन पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भूकम्पले क्षति भएका सम्पदाको ६० प्रतिशत काम सकिएको र आगामी दुई वर्षमा बाँकी सबै काम सम्पन्न हुने बताए ।
नेपाल विश्व मानव सभ्यताकै केन्द्र भएको हुनाले विश्वका जुनसुकै विश्वविद्यालयका मानव सभ्यतासम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपाल आएर यहाँको संस्कृति र सभ्यताको अनुसन्धान नगरे त्यो अनुसन्धान अपुरो हुने भन्दै मन्त्री भट्टराईले नेपाल मानव सभ्यता र संस्कृतिको अध्ययनको दृष्टिले पनि विश्वको गन्तव्यस्थल रहेको बताए । नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा पर्यटकीय महत्वका हिसावले पनि यहाँको पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्धर्नमा सरकार लागिरहेको बताए । युनेस्कोले पठाउने हरेक मोनिटरिङमा नेपाल सफल हुने दावी गर्दै मन्त्री भट्टराईले भने–‘ढुक्क हुनुस्, अब नेपालका विश्व सम्पदा खतरा र कालो सुचिमा पर्दैनन् ।’ उनले लुम्बिनीमा व्यापार गर्न नपाइने भन्दै परोपकारी भावनाका साथ खुलेका गुम्बामा व्यापार भएको पाईए कारबाही गर्ने बताए ।
मन्त्री भट्टराईले उपत्यकाका सात वटै विश्व सम्पदा स्थलहरुलाई जोड्ने गरि चाडै साइकल लेनको निमार्ण गरिने तथा भक्तपुर, पाटन र वसन्तपुर दरबारलाई राति समेत भ्रमण गर्न सकिने गरि ‘भ्याली वाइ नाइट’को काम भइरहेको बताए । लाइटिङ जडानको काम सकिनासाथ यी सम्पदामा रात्रीकालिन भ्रमणको व्यवस्था हुने उनले बताए । नेपालका कतिपय सम्पदाको अरु मुलुकले नक्कल गरेर गलत प्रचार गरेको सन्दर्भ उल्लखे गर्दै मन्त्री भट्टराईले भने–‘सम्पदा वनावटी हुदैन । यो रेडियो, घडी बनाएजस्तो होइन अरु कसैले उत्पादन गरेर लैजान पाउँदैन ।’
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको अहिलेको अवस्था’bout जानकारी गराएका थिए । भूकम्पले ३१ जिल्लामा ९२० वटा सम्पदा क्षति भएकोमा ४०० वटा सम्पदा पुनर्निमाण सम्पन्न भएको जानकारी दिइयो । त्यस्तै, पुरातात्विक स्थलहरुको अन्वेषण र उत्खनन्को वर्तमान अवस्था तथा विश्व सम्पदा स्थलहरुको भूकम्पपछिको अवस्था’bout पनि जानकारी गराइएको थियो ।

Leave a Comment