पर्यटन

भिस्ताराले सुरु गर्‍यो काठमाडौं–दिल्ली उडान

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालले पर्यटन वर्ष मनाउने घोषणा गरेसंगै विभिन्न अन्तर्राष्ट्रिय हवाई सेवाहरुले धमाधम नेपालमा उडान थप्न सुरु गरेका छन् । अन्तरदेशीय सिधा उडानका साथै नयाँ विमान कम्पनीहरुले नेपालमा उडान समेत थप्न थालेका हुन् ।
पछिल्लो समय भारतीय हवाई सेवा प्रदायक कम्पनी भिस्ताराले नेपाल उडान सुरु गरेको छ। भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा एयर इन्डिया, इन्डियो, स्पाइस जेटसंगै भिस्ताराले पनि उडान सुरु गरेको हो ।
यो एयरलाइन्समा भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको सयुक्त लगानीमा रहेको छ।

एयरलाइन्सले आफूहरु भारतकै पहिलो पाँचतारे एयरलाइन्स भएको दावी गरेको छ । यो एयरलाइन्सले बिजनेस, प्रिमियम इकनोमी र इकनोमी जस्ता तीन थरीका टिकटहरु बिक्री गर्नेछ।
एयरलाइन्सले सुरुवाती चरणमा प्रवर्द्धनात्मक भाडादर भन्दै दुइतर्फी भाडा १६ हजार ९ सय हुने बताएको छ। तर, नेपाली वायुसेवा कम्पनीलाई स्लट नरहेको भन्दै उडान अनुमति नदिने इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो देशका वायुसेवा कम्पनीहरुलाई भने नेपाल उडानमा अनुमति दिँदै आएको छ।

सन् २०१९ को अगष्टदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको एयरलाइन्सको यो पाँचौ गन्तव्य हो। सन् २०१५ मा भारतमा आन्तरिक उडान सुरु गरेको एयरलाइन्ससँग हाल ३९ जहाज छन्।

यसबाट उसले आन्तरिक र अन्तर्राष्ट्रिय गरी ३६ गन्तव्यमा दैनिक २ सय उडान गर्दै आएको छ।

Leave a Comment