पर्यटन

गोक्यो तालमा आइस स्केटिङ र हक्कीको सफल परिक्षण

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

नेपाल भ्रमण वर्ष २०२० सचिवालयको महत्वकांक्षी प्रोजेक्ट हो, स्केट नेपाल । ४७९० मिटर उचाईमा रहेको गोक्यो लेकमा शुक्रबार अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरुले आइस स्केटिङ र आइस हक्की प्रतिष्पर्धा गरे । परिक्षणका रुपमा खेलाइएको मैन्त्रीपूर्ण खेल सफल रुपमा शुक्रबार सम्पन्न भएको छ । खेल हेर्न राजधानीबाट विभिन्न देशमा राजदूत, एयरलाइन्स, ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान)का पदाधिकारी लगातय स्थानियबासीको बाक्लो उपस्थित रहेको थियो ।
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य, यस कार्यक्रमका संयोजक विश्वम्बर घिमिरे लगायतको सहभागीतामा आयोजित प्रतिष्पर्धामा विदेशी खेलाडीले समेत नयाँ अनुभव बटुलेका थिए । यतिका उचाइमा उनीहरुको अनुभव पनि यो पहिलो हो । त्यसैगरी काठमाडौं क्षेत्र नं. ८ का सभासद जीवनराम श्रेष्ठ, मिस नेपाल श्रृंखला खतिवडा, भ्लगर शिशम बानिया, खेल स्थल रहेको सोलुको खुम्बुखासाङलामु गाउँपालिका वडा नंं. ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।

नेपाल भ्रमण वर्ष २०२०ले पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तब्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्य अनुसार सगरमाथा क्षेत्रको गोक्यो ताल (तेश्रो) मा फ्रेबुअरी १४ का दिन मैन्त्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालस्थित फ्रान्सेली राजदूत फंस्वा जाभिए लेजे, फिनल्याण्डका राजदूत पेर्ति आन्तिनेन्,
वल्र्ड बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जर्वोस, टर्कीस एयरलाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टुनकरको समेत सहभागिता थियो । त्यसैगरी नेपाल एयरलाईन्स, हेलि एभरेष्ट, समिट एयरलाइन्स, होटेल हाइकर्स इनका पदाधिकारीको पनि उपस्थिती थियो ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा अनुसार पर्यटकहरु आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । त्यसैमध्य यो अर्को एउटा कार्यक्रम हो । हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।

विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्टिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार यो खेल आयोजना गरेको हो । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।

गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को समेत सहयोग रहेको छ । नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ ।

१. लोरा कोट्लोस्की

लोराको परिचय धेरै भन् । उनी लेखिका हुन् । सन् २०१७ नोभेम्बरमा अमेरिकाको सबैभन्दा उच्च हिमताल (१३ हजार ४ सय २०) मा स्केटिङ गर्ने पहिलो व्यक्तिको रुपको रुपमा उनलाई चिनिन्छ । त्यसबाहेक लोराले चलचित्र निर्माण‚ पर्वतारोही‚ यूएस फिगर स्केटिङ स्वर्ण विजेता‚ प्रोफेसनल स्केटर एसोशियसनको कोच र लर्न टू स्केट यूएसएमा प्रशिक्षक समेत हुन् ।

२. जेरेमी एबट (अमेरिका)

पूर्व अमेरिकी फिगर स्केटर हुन् जेरेमी । सन् २०१० को विन्टर ओलम्पिक्समा उनले अमेरिकाको प्रतिनिधित्व गरेका थिए। यसैगरी सन् २०१४ को विन्टर ओलम्पिक्समा टिम इभेन्टमा कास्य पदक जितेका थिए। सात पटकसम्म ग्र्याण्ड प्रिक्स सिरिजमा पदक विजेता (तीन स्वर्ण‚ दुई रजत र २ कास्य विजेता) हुन्।

३. मटेज सिलेकी

अमेरिकी आइस स्केटर मटेज सिलेकी उत्कृष्ट खेलाडी हुन् । विभिन्न विधामा एकल तथा सामूहिक रुपमा खेल खेलिसकेका उनी सन् २०१२ मा यूएस कोलिजिएट फिगर स्केटिङअन्तर्गत पुरुष जुनियरतर्फ विजेता हुन्।

३. पिटर

लेखक‚ मार्मट एथेलेट‚ चट्टान विशेषज्ञ‚ आइस र अल्पाइन् क्लाइम्बर
रक एण्ड आइस पत्रिकाका वरिष्ठ सम्पादक र स्पोर्ट अफिल्ड एण्ड ब्याकप्यकरका कन्ट्रिब्युटर
भारत‚ नेपाल र काराकोरमका हिमालयसम्बन्धित अभियान सञ्चालन विज्ञ
इएसपिएन विन्टर एक्स(गेमका प्रतिस्पर्धी‚ पर्वतारोही
तीन पुस्तकका लेखक– नेशनल जिओग्राफिक( क्लाइम्ब! एण्ड यान आइ एट् द टप अफ द वर्ल्ड
कोप ड्यास इन्सपायर अवार्ड‚ २००९ द्वारा सम्मानित
लिम्यान स्प्रिट्ज अवार्ड‚ २००७ द्वारा सम्मानित

४. एलिजावेथ पुटनाम

उनी पूर्व क्यानडेली डवल स्केटरमा सिन विर्ट्जसँगका प्रतिस्पर्धी हुन्। उनी २००६ फोर कन्टिनेन्ट्स कास्य पदक र दुईपटक क्यानडेली राष्ट्रिय कास्य पदक विजेता (२००३‚ २००४) समेत हुन्।

विर्ज घाइते भएपछि ग्र्याण्ड प्रिक्सबाट आफ्नो असाइन्मेन्ट फिर्ता लिनुपरेकाले सन् २००७ मा पुटनाम र विर्ज दुवै जनाद्वारा रिटायर्मेन्टको घोषणा भएको थियो। फेरि एलिजावेथ एकलतर्फको स्केटिङ प्रतियोगितामा फिर्ता भएकी थिइन्। त्यसपछि उनले जिल म्यारी हार्भे र जन्नी म्याक्लियोडसँग ट्रेनिङ लिएकी थिइन।

सन् २०१५ मा विड्जियन लेकमा स्केटिङ खेल्दै गरेको भिडियोमा उनी देखिएकी थिइन्।

५. प्याट्रिक चान

चान पूर्व क्यानडेली कम्पेटिटीभ फिगर स्केटर हुन्। उनी २०१८ ओलम्पिक्स टिम इभेन्टमा स्वर्ण जितेका थिए। साथै उनी २०१४ ओलम्पिक्स पुरुषतर्फ र टिम इभेन्टमा रजत पदक विजेता हुन्। त्यती मात्रै नभइ चान तीनपटक विश्व विजेता (२०११‚ २०१२‚ २०१३) हुन्।

यसैगरी चान दुईपटक ग्र्याण्ड प्रिक्स फाइनल विजेता (२०१०‚ २०११)‚ र तीनपटक फोर कन्टिनेन्ट्स विजेता (२००९‚ २०१२‚ २०१६) पनि हुन्। चानले यसबाहेक जनवरी २०१८ मा मोन्ट्गोमेरी विलसनको सन् १९३९ देखिको रेकर्ड तोड्दै नेशनल टाइटल विजेता बनेका थिए।

यसैगरी, सन् २०११ अप्रिल २७ मा सर्ट प्रोग्रामअन्तर्गत ९३.०२ अङ्क ल्याएर चानले विश्व कीर्तिमानी राखेका थिए। २०११ अप्रिल २८ मा फेरि फ्री स्केटिङमा जम्मा २८०.९८ अङ्क ल्याएर विश्व कीर्तिमानी कायम राखेका थिए। उनले लोउ मार्स अवार्डमा क्यानडेली सर्वोत्कृष्ट एथ्लेटको रुपमा अवार्डसमेत पाएका थिए।

६. सर्गे भोरोनोभ

भोरोनोभ रसियन फिगर स्केटर हुन्। २०१७ आइएसयू प्रिक्स एनएचके ट्रफी विजेता हुन् भने २०१७ स्केट अमेरिकामा स्वर्ण विजेता हुन्। भोरोनोभ दुई पटकसम्मको युरोपेली पदक विजेता हुन्। उनले २०१४ मा रजत र २०१५ मा कास्य जितेका छन्।

उनले ग्र्याण्ड प्रिक्स फाइनल २०१४(१५ मा कास्य जितेका थिए। साथै उनले २०१० को रसियन फिगर स्केटिङ च्याम्पियनशिप्समा रजत पदक जितेका थिए।

भोरोनोभ दुई पटकसम्म वर्ल्ड जुनियर पदक विजेता‚ २००६ मा रजत र २००७ मा कास्य विजेता हुन्।

७. डिमिट्री डुडारेभ

पूर्व काजाख व्यवसायिक आइस हकी खेलाडी हुन्। उनले कोन्टिनेन्टल होकी लिगमा मेटालर्ग नोभोकुज्नेट्स्कका तर्फबाट खेलेका थिए।

२०१० को आइआइएचएफमा सहभागी भई काजकिस्तानको राष्ट्रिय आइस हकी टिमको सदस्यका रुपमा विश्व विजेता भएका थिए।

८. अलेक्जेन्डर चेकासेभ
चेकासेभ रसियन हकी लिग (आरएचएल) मा सहभागी भइसकेका छन्। यसैगरी उनले पर्भेया लिग र डिजेल कपमा समेत सहभागीता जनाइसकेका छन्।

यी ८ जना हक्की र स्केटिङका खेलाडी हुन् भने बाँकी ४ जना मिडिया र मार्के्टिङसँग पनि जोडिएका छन्।

९. निक कालिस्

पूर्व एथलेट, अवार्ड विनिङ चलचित्र निर्माता, फिल्ड डेको फाउन्डर
ओलम्पिक अल्पाइन स्किअर्सम्बन्धी एचबिओमा डकुमेन्ट्री– फाइनल सिजन
ल्होत्सेः ल्होत्सेको पहिलो स्की प्रतियोगिता’दयगत नर्थ फेसका लागि फिल्म
डिपर‚ फर्दर‚ हाइअरः तीन भागमा स्नोबोर्डको अभियानका ’दयगतमा फिल्म
सगरमाथाः सोनी र नेशनल जियोग्राफिक च्यानलमा दी नर्थ साइड अभियान सञ्चालन
माउन्ट किलिमन्जरोः अभियान्ता

१०. डेबिड होज्

सिनियर फरेन सर्भिसको व्यवसायिक सदस्य‚ मिनिस्टर काउन्सलर
सन् २०१७ जुलाईमा मिसन इन गुटमालाका डेपुटी चिफको रुपमा सेवा प्रदान गरेका उनले सेवा प्रदान गरेका अन्य संघसंस्थामा भूमिका( स्टेस डिपार्टमेन्टमा पब्लिक अफेयर्स र पब्लिक डिप्लोम्यासी ब्यूरो अफ वेस्टर्न हेमिस्फियर अफेयर्समा डाइरेक्टर‚ ब्याङ्कक‚ थाइल्याण्ड‚ लापाज‚ बोलिभिया र ब्राजिलस्थित कल्चरल अफेयर्स अफिसर र लिमा‚ पेरूमा पब्लिक अफेयर्सका काउन्सलर।

११. अब्बे स्मिथ

व्यवसायिक एथलेट्स
स्टोरी टेलर‚ निर्माता‚ डिजिटल स्ट्राटेजिस्ट र सामाजिक मिडिया विज्ञ
अन्नन् आर्टिस्ट एलएलसीका निर्माता तथा को(फाउण्डर
भारतका हिमालयन क्षेत्रका ’दयगतमा आरोहणसम्बन्धी तीनवटा अभियान सञ्चालन
लेखक र निर्माता
पिआर डाइरेक्टरको रुपमा सेवा दिएका र एड्भेन्चर फिल्म फेस्टिबलका निर्माता
याहूमा कन्टेन्ट प्रोड्युसर र भिडियो प्रोग्रामरको रुपमा सेवा प्रदान गरेकी छन्।

Leave a Comment