पर्यटन

कम समयमा सगरमाथा आरोहण गर्ने टोलीलाई भीएनआईको झण्डा हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  

पाँच दिनमा सगरमाथा आरोहण गर्ने टोलीलाई नेपाल भ्रमण वर्ष २०२० सचिवालयको झण्डा हस्तान्तरण गरिएको छ । सचिवालयका सदस्य सचिव बच्चु नारायाण श्रेष्ठले उनीहरुलाई झण्डा हस्तान्तरण गर्नु भएको हो । आरोहण टोलीले सगरमाथाको चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० अंकित झण्डा फहराउने छन् । लाक्पा शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण टोली काठमाडौंबाट हिडेको छ । टोलीका अन्य सदस्यहरुमा पासाङ नुर्बु शेर्पा, मिङटेक्वा शेर्पा र हलुङ दोर्ची शेर्पा रहेका छन् । उनीहरुले सवैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नेछन् ।

Leave a Comment