Uncategorized

नेपाल भ्रमण वर्ष प्रबर्दनमा नेपाली सेना

  •  
  •  
  •  
  •  
  •  

काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा महाशिवरात्री तथा सेना दिवस २०७६ को उपलक्ष्यमा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्द्वन गर्ने उद्देश्यका साथ नेपाली सेनाको सैनिक ब्याण्डले सांगीतिक प्रदर्शन गरेको छ । बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाण्डौ जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्डले बसन्तपुरमा प्रस्तुती दिएको हो । नेपाली सेनाको संयोजकत्व तथा काठमाण्डौ महानगरपालिकासँगको समन्वयमा शुक्रबार साँझ निःशुल्क सांगीतिक कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष मार्क कार्लेटन स्मित, नेपाली सेनाका रथीवृन्दका साथमा सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरु, स्थानीय निकायका प्रतिनिधीहरु, संचारकर्मीहरु लगायत सर्वसाधारणहरुको उल्लेख्य रुपमा उपस्थिती रहेको थियो । त्यस्तै भक्तपुर र ललितपुर दरबार स्क्वायरमा सोही प्रकारको संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन गरिने कार्यक्रम रहेको थियो ।
यस प्रकारको सांस्कृतिक कार्यक्रमको आयोजनाबाट नेपाल भ्रमण वर्षको प्रवर्द्वनमा प्रत्यक्ष थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Comment